site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बेपत्ता छानबिन र मेलमिलाप आयोगका कार्यावधि थपसम्बन्धी आदेश पेस
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभामा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको कार्यावधि थप गर्नेसम्बन्धी आदेश पेस भएको छ ।

सभाको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेमिलाप आयोगको कार्यावधि थपसम्बन्धी मन्त्रिपरिषद्को निर्णयानुसार आदेश पेस गरेका हुन् ।

Argakhachi Cement Island Ad

मन्त्री गुरुङले ती आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहेकाले गएको असार १९ गतेको निर्णयबाट आउँदो पुस मसान्तसम्म कार्यावधि थप गर्ने गरी आदेश जारी भएको जानकारी गराए ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरी सदनमा पेस गरेको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ र ‘विधायन व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिन् ।

यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् गठन र प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ १८ गते सोमबार दिउँसो ०१ः०१ बजे बस्नेछ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्