site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन : मन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन् ।

आइतबार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढिरहेको उल्लेख गरे ।

उनले एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरू एकै पटक सबैतिर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए । दुर्गममा रहेका स्वास्थ्यकर्मीहरूले पनि आईटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिनसक्ने उल्लेख गरे ।

मन्त्री बस्नेतले आधारभुत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पुर्‍याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे । आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी समेत गरे ।

उनले भने, "हामीले आईटीको क्षेत्रमा सुधार नगरीकन हाम्रो विकास, निर्माण, उन्नति प्रगति सम्भव छैन । संसारभर ज—जसले यो क्षेत्रमा विकास गरेका छन्, ती देशहरू अघि बढेका छन् । हामीले पनि एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरु एकै पटक सबैतर छर्नुप¥यो भने यो सिस्टम काम लाग्दैन । एकछिनलाई मानि लिनुस्, स्वास्थ्यकर्मीहरू दुर्गम गाउँमा पठाउन सकेनौँ, त्यहाँ एउटा सामान्य डाक्टरले कसैको सल्लाह नै लिनुपर्ने भयो, त्यहाँ सिनियर डाक्टरलाई सञ्चार वा आइटीको माध्यमबाट सम्पर्क गरेर यस्तो स्थितिमा कसरी निराकरण गर्न सकिन्छ भन्नेकुरा बुझ्न सकिन्छ ।"

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने पाँच वर्षभित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro