site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रशिक्षक टेन हागले गरे फर्नान्डेजको प्रशंसा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नटिंघम फरेस्टविरुद्ध इंग्लिस प्रिमियर लिगमा ३–२ को पुनरागमन जित निकालेपछि म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले कप्तान ब्रुनो फर्नान्डेजको प्रदर्शनको प्रशंसा गरेका छन् ।

फरेस्टविरुद्ध सुरुआती चार मिनेटमै २–० ले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले जित निकालेपछि टेन हागले फर्नान्डेजको नेतृत्वको तारिफ गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कासिमिरोले ५२औँ मिनेटमा युनाइटेडका लागि बराबरी गोल फर्काउँदा फर्नान्डेजले असिस्ट गरेका थिए । त्यसपछि फर्नान्डेज आफैँले प्राप्त पेनाल्टी सदुपयोग गर्दै युनाइटेडलाई सनसनीपूर्ण जित दिलाएका थिए ।

“सबै पक्षका आधारमा उसले उच्चस्तरमा उत्कृष्ट खेल खेल्यो,” टेन हागले भने, “उनी आफ्ना भावनालाई नियन्त्रणमा राख्दै शान्त थिए । उनी आक्रमणमा निकै सानदार थिए, त्यसैकारण खेलमा भिन्नता ल्याए । म उनको प्रदर्शनबाट धेरै खुसी छु ।”

Global Ime bank

जितसँगै तीन खेलबाट ६ अंक जोडेको युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

शनिबार नै भएका अरू खेलहरूमा चेल्सीले लुटोन टाउनलाई ३–० ले, टोटनहमले बर्नमाउथलाई २–० ले, उल्भ्सले एर्भटनलाई १–० ले र वेस्ट ह्यामले ब्राइटनलाई ३–१ ले हराए ।

ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले १–१ को बराबरीमा खेल्दा आर्सनल पनि फुलहमसँग २–२ को बराबरीमा रोकियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय