site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस आन्दोलनमा मारिएकालाई अझै सहिद घोषणा गरिएन : ठाकुर
फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका क्रममा मारिएका पार्टीका नेता–कार्यकर्तालाई अझै सहिद घोषणा नगरिएको बताएका छन् । सञ्चारकर्मीसित कुरा गर्दै उनले त्यस विषयमा सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार केन्द्रीय कार्यालय बबरमहलमा एक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपछि उनले सञ्चारकर्मीमाझ बोलेका हुन् । उनले मधेस आन्दोलनका क्रममा जेलमा परेका र झुटा मुद्दा फिर्ता लिने विगतका सम्झौता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरे ।

सरकारले ती मुद्दा फिर्ता लिने गरी कानुन निर्माण अघि बढाएको जानकारी गराए पनि त्यसानुसारको काम हुन नसकेको उनले गुनासो गरे ।

कार्यक्रममा नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तिको आन्दोलनलाई अझै तीव्र गतिमा अघि बढाउने संकल्प पार्टीले लिएको बताए ।

सो अवसरमा अध्यक्ष ठाकुरले पार्टीको झन्डोत्तोलन गरेका थिए । स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा नेता–कार्यकर्ताले पार्टीलाई सशक्त बनाउने प्रणसहित शुभकामना आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro