site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुदमन्त्री लिम्बू डेंगी संक्रमित, वीर अस्पतालमा भर्ना
फाइल तस्बिर ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूमा डेंगी संक्रमण भएको छ । शुक्रबार साँझ एक्कासि ज्वरो आएर डेंगी संक्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पतालमा भर्ना भएको उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगी प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।

मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro