site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाम एकताका लागि ओली बाधक : नेपाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम एकताका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बाधक रहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकमा उनले आफू र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताका लागि पहल गरेको बताए । तर, ओली बाधक बनेको उनको भनाइ छ ।

आफूले तत्कालीन नेकपा ब्युँताउने प्रयास गरे पनि सफल हुन नसकेको उनले सुनाए ।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै ओलीकै कारण एकीकृत समाजवादीलाई हेपिएको अध्यक्ष नेपालले बताए । अब पार्टीले केही कदम चाल्ने संकेत उनले गरे ।

उनले पार्टीलाई बलियो बनाउन र देशभर संगठन विस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro