site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धरानमा वार्ताबाट समस्याको समाधान खोज्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आयोगले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको हो । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्‍याली निकाल्ने तयारी गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्नेभन्दै आयोगले आफ्नो टोलीले अनुगमन गरिरहेको पनि जनाएको छ । 

धरान प्रवेश गर्ने नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति, सवारी सञ्चालनमा रोक

“संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु/गराउनु सबैको कर्तव्य हुन आउँछ,” आयोगले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, “साम्प्रदायिक हिंसा भड्कन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोग सबै पक्षलाई अपिल गर्छ ।” 
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्