site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धरान प्रवेश गर्ने नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति, सवारी सञ्चालनमा रोक

विराटनगर ।  सुनसरीको धरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धार्मिक सद्भावमा खलल आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । धरानका धेरै क्षेत्रमा आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । 

धरान प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।  प्रहरीले सुनसरीको धरानतर्फ जाने सवारीसाधनलाई इटहरीमै रोकेको छ । 

Dabur Nepal
NIC Asia

बिहानसम्म भने धरान छिर्ने नाका तरहरासम्म सवारी साधन चलेका थिए । यात्रुवाहक र हलुका सवारी पनि रोक लगाइएको छ । मोटरसाइकल पनि चल्न रोक लगाइएको छ । 

‘गोरुको मासु खाँदै गरेको’ फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिन्दुवादीहरुले त्यसको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए । 

dh 21693035104.jpg

dh 11693035104.jpg

तस्बिर सौजन्य : विनय बाराकोटी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro