site stats
बाह्रखरी :: Baahrakhari
देश
बजेट निर्माण प्रक्रिया र आर्थिक संघीयता कार्यान्वयनबारे अभिमुखीकरण 

विराटनगर । संसदीय पत्रकार मञ्च कोसी प्रदेशको आयोजनमा बजेट निर्माण र आर्थिक संघीयता कार्यान्वयनको सवाल विषयक अभिमुखीकरण सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङको सहकार्यमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले मौद्रिक नीति र प्रादेशिक अवस्थितिबारे जानकारी गराए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समग्र अर्थतन्त्रमा मौद्रिक नीतिले पार्ने प्रभावबारे खरेलले प्रस्ट्याउँदै भने, “आर्थिक संघीयता कार्यान्वयनको सवालमा मौद्रिक नीतिसँगै प्रदेशस्तरका आर्थिक गतिविधि महत्वपूर्ण हुन्छन् ।”

प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र मिडियाको सन्दर्भमा आर्थिक मामिला तथा योजना मन्त्रालय कोसी प्रदेशका अधिकृत विदुर पौडेलले प्रस्तुती दिएका थिए । 

पौडेलले सरकारले प्रस्तुत गर्ने बजेट निर्माणको प्रक्रियामा यसको प्राथमिकीकरण र कार्यान्वयनका विषयबारे प्रस्ट पारे । 

यसैगरी अहिले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा आउने तथ्यांक र मिथ्यांकको विषयमा वरिष्ठ पत्रकार लेखनाथ पाण्डेले प्रस्तुती दिएका थिए । 

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले देशको आर्थिक अवस्था खस्कदो अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीको पलायन रोक्न जरुरी भएको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे र संसदीय पत्रकार मञ्च कोसी प्रदेशका अध्यक्ष कुमार लुइँटेलले संसदीय मामिलासँगै आर्थिक पत्रकारिताको अवसर प्रदेशस्तरमा बढ्दै गएको चर्चा गरे । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्