site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रिसमा नेपालीलाई अपहरण गरी १५ हजार युरो फिरौती माग, चारजना पक्राउ
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । ग्रिसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका–५ का ३२ वर्षीय शिवराज कुँवर, काठमाडौं तारकेश्वर नगरपालिका–५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका–१ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका–१ शंखपोखरी का ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् ।

नेपालबाट सिजनल भिषामा वैदेशिक रोजगारीका सिलसिलामा गत जेठ १२ गते सर्बिया गएकी एकजना महिला र दुईजना पुरुषहरूले सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकिछिपी ग्रिस प्रवेश गरेका थिए ।

KFC Island Ad
NIC Asia

नेपाल प्रहरीका अनुसार ग्रिस प्रवेश गर्नेक्रममा उनीहरुलाई केही व्यक्तिहरूले अपहरण गरी, डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना र डर त्रास देखाएर १५ हजार युरो फिरौती माग गरेका थिए ।

सोही उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न चारजनालाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा ग्रिस तथा दुबईबाट ह्वाट्सएपमार्फत पीडित परिवारलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरीघाटबाट भदौ २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तारकेश्वरबाट भदौ ३ गते पक्राउ गरिएको थियो ।

युनाइटेड अरब इमिरेट्सको दुबईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरिएको थियो ।

दुबईमा बेलबासेलाई नेपालको अर्याललाई रकम दिनु भनी सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro