site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अब २५० रुपैयाँमा टिभी हेर्न मिल्ने, यस्तो छ सशुल्क च्यानलको मूल्य

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आला कार्ट प्रणाली लागु गर्दै टेलिभिजनको न्यूनतम प्याकेज र सशुल्क टिभी च्यानलको मूल्य सार्वजनिक गरेको छ ।

मन्त्रालयले भदौ ७ गतेको मन्त्रीस्तरीय निर्णय सार्वजनिक गर्दै निःशुल्क टिभी च्यानलहरू हेर्न न्यूनतम शुल्क २५० रुपैयाँ तोकेको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै सशुल्क च्यानलहरूका लागि नयाँ बुके मूल्य निर्धारण गरेको छ ।

आला कार्ट प्रणाली कार्यान्वयनमा ढिला सुस्ती

मन्त्रालयले यसअघि तोकेको बुके मूल्य ४० रुपैयाँभन्दा फरक अहिले च्यानलअनुसार कायम गरेको छ ।

मन्त्रालयले यसअघि आला कार्ट प्रणाली नमान्ने विदेशी सशुल्क च्यानल बन्द गर्ने सूचना जारी गरेको थियो । त्यसपछि सम्पर्कमा आएका च्यानलहरूका लागि मन्त्रालयले अहिले नयाँ बुके मूल्य सार्वजनिक गरेको हो ।

सशुल्क कुन च्यानलको कति छ मूल्य ?
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार स्टार इन्डिया प्रालिको सम्पूर्ण पेटिभी च्यानल तथा बुकेको मूल्य प्रतिग्राहक प्रतिमहिना अधिकतम ६५ रुपैयाँ तोकिएको छ ।

यस्तै, सोनी पिक्चर्स नेटवर्क इन्डिया प्रालिको पनि मासिक शुल्क ६५ रुपैयाँ तोकिएको छ ।

इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन प्रालि र जी इन्टरटेनमेन्टको मासिक शुल्क पनि अधिकतम २५/२५ रुपैयाँ रहेको छ ।

बेन्नेट कोलमन एन्ड कम्पनी लिमिटेडको प्रतिग्राहक अधिकतम तीन रुपैयाँ तोकिएको छ ।

त्यस्तै, डिस्कभरी नेटवर्क एसिया प्यासिफिक प्रालिले प्रतिग्राहक २० रुपैयाँ, बीबीसी स्टुडियो ड्रिस्ट्रिब्युसन लिमिटेडले दुई रुपैयाँ र होम बक्स अफिस (सिंगापुर) प्रतिग्राहक प्रतिमहिना १५ रुपैयाँ लिन पाउनेछ ।

आलाकार्ट लागु भएसँगै अब, न्यूनतम सेवा शुल्क २५० रुपैयाँ र थप बुकेहरूको अधिकतम २५० गरी सेवा प्रदायक कम्पनीले उपभोक्ताबाट मासिक ५०० रुपैयाँभन्दा बढी लिन पाउने छैन ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro