site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या १८ हजार नाघ्यो, विज्ञ भन्छन्– पोष्ट मनसुनसम्मै रहन्छ संक्रमण 

काठमाडौं । यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरी यता अगष्ट २४ सम्म १८ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ । जुलाइयता संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ । 

कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या डेढसयभन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १३ हजार ६८६ जना संक्रमित भएका छन् । 

Dabur Nepal
NIC Asia

वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ । 

वाग्मतीमा दुई हजार ९६७ जना संक्रमित भएका छन् ।  मधेसमा १८३, गण्डकीमा ६३२, लुम्बिनीमा ३४०, कर्णालीमा ४१ र सुदूरपश्चिममा ५४० जनामा संक्रमण पुष्टि भएको छ । 

अगष्टका २४ दिनमा मात्रै देशभर १० हजार ५४६ जना डेंगी संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

पोष्ट मनसुनसम्मै रहन्छ डेंगी 
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पोष्ट मनसुनसम्म नै संक्रमण फैलिरहने विगतका तथ्यांकहरूले देखाएको बताउँछन् ।

“यसअघिका वर्षहरूमा पनि कुनै एक निश्चित क्षेत्रमा पोष्ट मनसुनमा पनि डेंगी फैलिएको देखिएको छ, योवर्ष पनि नियमित संक्रमण बढ्ने र वर्षातको अन्तिमसम्म नै रहने सम्भावना हुन्छ”, उनी भन्छन् ।

अघिल्लो वर्ष वा तीन वर्षअघि संक्रमण देखिएकै ठाउँमा फेरि उच्च भने नहुने विश्वभरकै तथ्यांकले देखाएको उनी बताउँछन् ।

“गतवर्ष देखिएकै ठाउँमा फेरि संक्रमण उच्च नहोला तर, नयाँ ठाउँमा फैलिँदा संक्रमितको संख्या गत वर्षहरूमाभन्दा उच्च नहोला भन्ने अवस्था चाहीँ रहँदैन,” डा. पुनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro