site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शब्दमाला नेपाली स्कुलको सिड्नीमा ओपन डे 
Tiktok banner adTiktok banner ad

सिड्नी । शब्दमाला नेपाली भाषा विद्यालयले यही आइतबारदेखि सिड्नीको विभिन्न स्थानमा ओपन डे शुरु गर्ने भएको छ । विगत ११ वर्षदेखि शब्दमालाले सिड्नीका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँदै आएको छ । सिड्नीको विभिन्न स्थानमा रहेर भाषाको कक्षा संचालन भएता पनि कतिपय अभिभावकहरुलाई यसको जानकारी नभएको पाएकाले ओपन डेको आयोजना गरिएको विद्यालयले जनाएको छ । 

आधिकारिक तथ्याङ्कअनुसार सिड्नीमा करिब ६७ हजार परिवारहरु स्थायीरुपमा बसोबास गर्दै आइरहेका भएता पनि मात्र ३ सय विद्यार्थीहरु भर्ना भएका छन् । ब्यस्त जीवन शैली त्यसमा पनि बालबालिकाहरु खेलकुद, नृत्य जस्ता अन्य एक्स्ट्रा करीक्युलर कृयाकलापमा गएपछि भाषा शिक्षा नेपाली अभिभावकको प्राथमिकतामा नपरेका देखिन्छ ।    

आगामी १२ को परीक्षा दिन तयारी गर्दै गरेकी १७ वर्षीय लीसा रुवाली आफुले केही वर्षमात्र नेपाली भाषाको कक्षा लिएर छाडेको बताइन् । “हाईस्कुल शुरु हुनासाथ पढाई र ट्युसनमा ध्यान दिनु परेकोले भाषा कक्षा छुटेको” यद्यपी मौका पाएमा पछि जारी राख्ने इच्छा रहेको जानकारी दिइन् । उनले भाषाले आफ्नो परिवार, संस्कृती र समुदायसंग जोड्न अत्यन्त महत्व रहने पनि जनाइन् । उनी प्रष्टरुपमा नेपालीमा जवाफ दिइरहेकी थिइन् ।  

 

बालबालीकाको व्यक्तित्य बिकाशमा भाषाको अत्यन्त ठूलो महत्व हुने जोड दिदै शब्दमालाका अध्यक्ष बिष्णु घिमिरेले स्थानीय अभिभावहरुलाई शब्दमालामा आएर भाषा सिक्न र सिकाउन अनुरोध गरेका छन् ।  शब्दमालाको अष्ट्रेलियन नेपाली समुदायमा योगदानको कदर गर्दै एनआरएनका अध्यक्ष नन्द गूरुङ्गले सम् पूर्ण नेपालीलाई भाषा प्रबद्धनका लागि स्थानीय नेपाली अभिभावकसंग आव्हान गरे । 

DSC_1966_By Sudhira Shah1692934974.jpg

राज्यसरकारले आप्रवासी नागरिहरुलाई भाषा जोगाउन मद्धत प्रोत्साहन गर्छ । त्यसै सामुदायीक भाषा  विद्यालय कार्यक्रम अन्र्तगत शब्दमालाले स्थाथीय स्कुलमा भाषा पढाउनको लागि स्थान र केही आर्थिक सहयोग सरकारबाट पाउने गरेको छ । किनभने एन एस डब्ल्यु राज्यमा झण्डै एक तिहाई बिद्यार्थीहरु अंग्रेजी बाहेकको अन्य भाषामा आबद्ध रहेका पाईएको छ । एनएसडब्ल्यु सरकारका अनुसार हाल सिड्नीमा करीब ५०० भन्दा बढी बिभिन्न भाषाका स्कुलहरु  वीकेण्डमा संचालन हुन्छन् । जसमा झण्डै ३८ हजार भन्दा बढी विद्यार्थीहरुले बर्षेनि भाग लिने गरका छन् ।  

 

त्यस्तै नेपाली भाषाका कक्षाहरु सिड्नीको ग्रयानभिल, द पोण्ड्स, वाइटारा, क्याम्सी र मक्वारी फिल्ड्स गरि जम्मा छ वटा पब्लिक स्कुलहरुबाट शब्दमाला पठ्न पाठन गराउदै आएको जाकारी शब्दमालाका सहसचिव दीपक लामिछानेले बताए । बिद्यालयको व्यवस्थानमा करीब २० स्वयम्सेवक अभिभावकहरुद्धारा संचालीत छ भने ३२ स्वयम्सेवक शिक्षकहरुले पाठ्यक्रम बनाउने र पढाउने पनि गर्छन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro