site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

वाग्मती नगरपालिका–१ स्थित पौराहीमा आज बिहान करिब ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१ का अन्दाजी वर्ष ५५ की विमला विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकले ठक्कर दिएर स्थानीय विमलीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमाथि तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

श्रीमान्–श्रीमती बजार गएका आएका बेला पौराही पुलमा विमलीलाई पछाडिबाट ठक्कर दिँदा लडेपछि पुनः ट्रक ब्याक गरी किचेको पीडित परिवारको भनाइ छ ।

ठक्कर दिने ट्रकका चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro