site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लम्पी स्किन भएर मरेका पशुको बिमा दाबी भुक्तानी हुने

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगबाट मरेका पशुको बिमा दाबी भुक्तानी गरिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैंठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।

“यो रोग लागेर मरेका बिमित पशुको बिमा भुक्तानी सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल बिमा प्राधिकरणले सहजीकरण गर्ने लगायतका निर्णय भएको र त्यसैअनुसार काम अगाडि बढाइएको जानकारी पनि यही सदनबाट जानकारी गराउन चाहन्छु,” उनले भने ।

Dabur Nepal
NIC Asia

यस रोगबाट आक्रन्त पशुहरूको तथ्यांक र उपचार तथा रोकथामका लागि गरेका पहल सार्वजनिक गर्ने गरेको पनि उनले जानकारी दिए ।

यो रोग नियन्त्रणका लागि स्थानीय सरकारलाई आवश्यक कार्य गरिरहेको पनि जानकारी दिए । १६१ स्थानीय तहमा पशुरोग प्रयोगशाला स्थापनाका लागि आवश्यक रकम विनियोजन गरिएको पनि उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro