site stats
बाह्रखरी :: Baahrakhari
देश
बाल सुधार गृहमा बालक मृत्यु घटनाबारे आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरमा रहेको बाल सुधार गृहमा बालकको मृत्यु भएको घटनाबारे अनुसन्धान थालेको छ । 

भक्तपुरको मध्यपुरस्थित बाल सुधार गृहभित्र भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको थियो । उनको मृत्युको घटनालाई लिएर बाल सुधार गृहमा रहेका अन्य बालबालिकाहरू तोडफोड गरेर बाहिर निस्केका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोगका अनुसार बाल सुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको भन्दै अन्य बालबालिकाहरू आन्दोलित भएका हुन् । सुधार गृहका कमान्डरहरूले आवश्यक समन्वय गर्न नसकेकाले सामान्य बिरामी परेका बस्नेतको उपचारको अभावमा मृत्यु भएको भनाइ बालबालिकाहरूको छ । 

भदौ ४ गते ढुंगामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेकामध्ये अझै १० जना सम्पर्कबाहिर रहेको आयोगले जनाएको छ । 

बिहीबार आयोगले बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान थालिएको जनाएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्