site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुखुराको खोरमा पसेको चितुवा जंगलतर्फ भाग्यो
फाइल तस्बिर ।

काठमाडौं । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेको छ । कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित रसुवाका पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा बिहीबार बिहान पसेको चितुवा भागेको हो ।

चितुवाको आक्रमणबाट तामाङ घाइते भएका छन् । चितुवा खोरमा पसेपछि त्यसलाई नियन्त्रणमा लिन थानकोट प्रहरी वृत्तको टोलीले वन कार्यालयलाई खबर गरेको थियो ।

त्यसपछि वन कार्यालयको टोली पनि त्यहाँ पुगेको थियो । तर, टोलीले चितुवालाई नियन्त्रणमा लिन सकेन ।

चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भागेको थानकोट प्रहरी वृत्तका प्रमुख एवं डीएसपी नारायण अधिकारीले जानकारी दिए ।

“चितुवा खोरमा पसेपछि हामीले नियन्त्रणमा लिनको लागि वन कार्यालयसँग समन्वय गरेका थियौँ । वन कार्यालयको टोली आएर चितुवा लट्ठ्याउने प्रयास पनि गर्नुभयो, तर चितुवा भागेर जंगलतर्फ नै भाग्यो,” डीएसपी अधिकारीले बाह्रखरीसित भने ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro