site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानले समुद्रमा मिसाउन थाल्यो रेडियोधर्मी पानी 

काठमाडौं । जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रको रेडियोधर्मी (रेडियोएक्टिभ) पानी बिहीबार (आज)देखि समुद्रमा विर्सजन गर्न थालेको छ ।

सन् २०११ मार्च ११ मा आएको भूकम्प र सुनामीले विनाश भएको सो ऊर्जा केन्द्रको रेडियोधर्मी पानीलाई प्रशोधन गरेर जापानले समुद्रमा मिसाउन सुरु गरेको हो ।

स्थानीय समयानुसार दिउँसो १ बजे टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले मौसम र समुद्री अवस्था उपयुक्त भएको घोषणा गर्दै प्रशान्त महासागरमा रेडियोएक्टिभ पानी मिसाउन थालेको हो ।

सुनामीका कारण न्युक्लियर (आणविक) भत्कँदा यी रिएक्टरलाई चिसो पार्न प्रयोग गरिएको पानीमा रेडियोधर्मी पदार्थ मिसिएको थियो ।

उक्त १० लाख मेट्रिकटन पानी एक हजारभन्दा बढी ट्यांकहरूमा भण्डारण गरिएको थियो । भत्किएको यो प्लान्ट अझै जोखिमपूर्ण अवस्थामा छ । प्लान्टको भग्नावशेष हटाउन र सो पानी विर्सजन गरिसक्न ४० वर्ष लाग्नेछ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का अधिकारीले यो योजनालाई पूर्ण रूपमा अनुगमन गरिराख्ने र जलचरमा पर्ने असरको अध्ययन गर्ने बताइएको छ ।

विभिन्न देशले जापानको यो कदमको विरोध गरेका छन् । बुधबार राति दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले मैनबत्ती प्रज्वलन गर्दै यसको विरोध गरेको छ । अलजजिराबाट ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro