site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकारबारे शेखरले भने– शीर्ष नेताहरुले बलमिच्याइँ गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शीर्ष नेताहरुले कोसी प्रदेश सरकारका विषयमा बलमिच्याइँ गरेको आरोप लगाएका छन् ।

मोरङको सुन्दरहरैँचामा आयोजित दुलारी सरोकार मञ्चको वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा कोइरालाले कोसी प्रदेशलाई केन्द्रका नेताहरुको हस्ताक्षेपले समस्यामा पारेको बताए ।

Dabur Nepal
NIC Asia

“संविधानले एउटा अधिकार दिएको छ, तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकूलका निर्णय गर्नुहुन्छ । यसरी देशलाई कहाँ पुर्याउन खोजेको ?,” प्रश्न गर्दै कोइरालले भने, “अदालतले जे नगर्नु भन्यो, शीर्ष नेताहरु बसेर फेरि त्यही गर्नुभयो । संविधान र अदालतमाथिको यस्तो बलमिच्याइँ कहिलेसम्म ?”

उनले कोसी प्रदेश सरकारका विषयमा यसअघि नै सर्वोच्च अदालतले सभामुखले हालेको मत वैध नहुने भनेकोमा फेरि पनि त्यही गरिएको बताए । नेताहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भाव समेत बिथोलिएको कोइरालाको भनाइ थियो ।

कार्यक्रममा २०१५ सालदेखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तीनका परिवारलाई सम्मान गरिएको थियोे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro