site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा एमालेको रिट, दर्ता प्रक्रिया सुरु

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध रिट लिएर नेकपा (एमाले) सर्वोच्च पुगेको छ ।

प्रदेश सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले लगेको रिट सर्वोच्चको  दर्ता प्रक्रियामा छ । दर्ता प्रक्रिया सकिएसँगै सर्वोच्च प्रशासनले पेसी मिति तोक्नेछ ।

यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार पनि सर्वोच्चकै आदेशमा ढलेको थियो । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटअनुसार सर्वोच्चले आदेश जारी गरिदिएपछि सरकार ढलेको थियो ।

त्यसको सात दिनमा सभामुुखले राजीनामा दिएर पुनः थापाकै नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखले राजीनामा दिएसँगै उपसभामुख सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागि गत सोमबारका लागि बोलाएको बैठकमा उपसभामुख दनुवार अनुपस्थित भएकी थिइन् । बैठक स्थगित नगरी उनले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यक्षमण्डलका सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गर्ने र विश्वासको मत लिने कार्यसूची अघि बढाउने निर्णय गरेको थियो ।

एमालेका तर्फबाट सांसद निर्वाचित भएर उपसभामुखको जिम्मेवारीमा रहेकी दनुवारले सरकारलाई असहयोग गरेको निष्कर्ष निकालेको सत्ता गठबन्धनले अध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीको अध्यक्षतामा बैठक सञ्चालन गरेका थियो । तर, अध्यक्षता गरेका मन्सुरीसमेतको मतमा ४७ मत पु¥याएका मुख्यमन्त्रीविरुद्ध रिट लिएर फेरि एमाले संसदीय दलका नेता कार्की अदालत पुगेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro