site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकारविरुद्ध फेरि सर्वोच्च जाँदै एमाले

काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले)ले फेरि सर्वोच्चमा रिट लिएर जान लागेको छ । यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटमा सर्वोच्चले जारी गरिदिएपछि ढलेका थियो ।

त्यसको सात दिनमा सभामुुखले राजीनामा दिएर पुनः थापाकै नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखले राजीनामा दिएसँगै उपसभामुख सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागि गत सोमबारका लागि बोलाएको बैठकमा उपसभामुख दनुवार अनुपस्थित भएकी थिइन् । बैठक स्थगित नगरी उनले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यक्षमण्डलका सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गर्ने र विश्वासको मत लिने कार्यसूची अघि बढाउने निर्णय गरेका थियो ।

एमालेका तर्फबाट सांसद निर्वाचित भई उपसभामुखको जिम्मेवारीमा रहेकी दनुवारले सरकारलाई असहयोग गरेको निष्कर्ष निकालेको सत्ता गठबन्धनले अध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीको अध्यक्षतामा बैठक सञ्चालन गरेका थियो । तर, अध्यक्षता गरेका मन्सुरीसमेतको मतमा ४७ मत पु¥याएका मुख्यमन्त्रीविरुद्ध फेरि एमाले संसदीय दलका नेता कार्कीले रिट लैजान लागेका हुन् ।

“आज हामी निवेदन लिएर सर्वोच्च जाँदै छौँ । दर्ता आज हुन्छ वा भोलिसम्म लाग्ने हो त्यो भोलि मात्र थाहा हुन्छ,” कोसी प्रदेशसभा सदस्य तथा एमाले नेता रेवतीरमण भण्डारीले बाह्रखरीसँग भने, “रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीकै तर्फबाट जानेछ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro