site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वविजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत

काठमाडौं । फिफा महिला विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत गरिएको छ ।

पहिलोपटक महिला विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओल्गा कार्मोनाले २९औं मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १-० ले हराउँदै फाइनलको उपाधि जितेको थियो । मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो ।

उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुबाको मृत्यको खबर दिइएको थियो । उनको बुबाको मृत्यु विश्वकपको दिन आइतबार खेल सुरु हुनुभन्दा केही समयअघि मात्रै भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्