site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आठ बाल सुधारगृहमा छन् ११ सय २७ जना थुनुवा बालबालिका
फाइल तस्बिर।

काठमाडौं । देशका विभिन्न बाल सुधारगृहमा एक हजार १२७ जना कैदी तथा थुनुवा बालबालिका रहेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागका अनुसार यो तथ्याङ्क २०८० असार मसान्तसम्मको हो ।

Dabur Nepal
NIC Asia

बाल सुधारगृहमा रहेका बालबालिकामध्ये एक हजार ८५ जना बालक र ४२ जना बालिका छन् ।

बाल सुधारगृह भक्तपुरमा ३००, बाल सुधारगृह मोरङमा २०६, बाल सुधारगृह कास्कीमा ८२, बाल सुधारगृह बाँकेमा २४६, बाल सुधारगृह मकवानपुरमा ५९, बाल सुधारगृह डोटीमा ४१, बाल सुधारगृह पर्सामा १२३ र बाल सुधारगृह रुपन्देहीमा ७० जना कैदी तथा थुनुवा बालबालिका रहेका छन् ।

बाल सुधारगृहमा कैदी बालबालिकाको संख्या ६०५ र थुनवा बालबालिकाको संख्या ५२२ रहेको छ । कैदी बालबालिकामा ५८७ जना बालक र २० जना बालिका छन् । यस्तै, थुनुवामा ५०० जना बालक र २२ जना बालिका छन् ।

बालसुधार गृहमा ६ जना विदेशी बालबालिका रहेका छन् । यीमध्ये चारजना भारतीय हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro