विदेश

काठमाडौं । जापान सरकारले फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी आउँदो बिहीबारदेखि समुद्रमा फाल्न सुरु गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट बिहीबारदेखि दूषित पानी समुद्रमा फाल्ने निर्णय गरिएको हो ।
दूषित पानी समुद्रमा फाल्ने निर्णयको चौतर्फी विरोध भइरहेको छ । त्यसले समुद्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अरू देश, मत्स्य व्यवसायी र स्थानीयले सरकारको निर्णयको विरोध गरिरहेका छन् ।
जापानी सरकारले परमाणु दूषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय गरेपछि स्थानीयले विरोध जनाउँदै आन्दोलन समेत गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १३:१५
प्रतिक्रिया दिनुहोस्