site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । यसअघि, लगातार तीन कारोबार दिन सुनचाँदीको मूल्य स्थिर थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro