site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणघाट–मुग्लिन सडकखण्ड सञ्चालन आउन अझै १० घण्टा लाग्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नारायणघाट–मुग्लिन सडकखण्ड सञ्चालन आउन अझै १० घण्टा लाग्ने भएको छ । सोमबार साँझ मुग्लिङतर्फ नाम्सी पुल नजिक गएको पहिरो अहिले पन्छाउने काम भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

"पहिरोको मात्रा र हालको अवस्था हेर्दा अन्दाजी १० घण्टा जति समयमा सडक आवागमन सुचारु हुन सक्ने भएकाले यात्रुहरूलाई सोहीबमोजिम आफ्नो यात्रा तय गर्नु हुन सादर अनुरोध छ," डिभिजनले भनेको छ । 

सडकको माथिल्लो भागबाट लगातार ढुङ्गासहितको पहिरो खसिरहेकाले सडक खुलाउने कार्य असहज भएको जनाइएको छ । डिभिजन प्रमुखसहितको टोलीले पहिरो हटाउने कार्यक्रमा संलग्न छ । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २२:५८
प्रतिक्रिया दिनुहोस्