site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिलासा र रेहाना फाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सह–आयोजनामा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप–२०२३ मा दिलासा राना र रिहाना शेरचनको जोडी फाइनलमा प्रवेश गरेका छन् ।

राना र शेरचनको जोडीले यू–१५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यू–१५ तर्फ नै टिसा रानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८–२१, ७–२१ ले पराजित भए ।

यस्तै, पुरुषतर्फ सुदेश राजकोटी र शिशिर रानाको जोडी बंगलादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसँग ९–२१, १२–२१ ले पराजित भए ।

Global Ime bank

महिला यू–१५ एकलतर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसँग ४–२१, १४–२१ ले पराजित भइन् । यसैगरी दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघेसँग १५–२१, १५–२१ को समान अन्तरमा पराजित भइन् ।

पुरुषतर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसँग १५–२१, २१–१४, १८–२१ ले पराजित भए । यू–१७ महिलातर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन् । पुरुषतर्फ कविर केसी श्रीलंकाका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित भए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement