site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बरामद सुनको शुद्धता ९९.९ प्रतिशत

काठमाडौं । तस्करले हङकङबाट मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत भएको परीक्षणबाट पत्ता लागेको छ ।

हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनले उक्त सुन ९९.९ प्रतिशत नै शुद्ध रहेको भनेर राजस्व अनुसन्धान विभागलाई जानकारी गराइएको बताए । “९९.९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो,” उनले भने ।

टक्सार महाशाखाले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी पाएको बताए । प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ ।

बरामद सुन गएको साउन ३० गते गालेर बिस्कुट बनाई जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक सुबाट सुन छुट्ट्याइएको थियो । त्यसरी छुट्ट्याइएको सुन ६० किलो ७८९ ग्राम तौलको थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालयअगाडिबाट सुनसहितको १५५ किलो ब्रेक सु बरामद गरेको थियो । सुन तस्करीका विषयमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro