site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ यू–१९ मा नेपालको लक्ष्य उपाधि

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप–२०२३ आगामी महिना नेपालमा आयोजना हुँदै छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालको लक्ष्य उपाधि रहेको जनाएको छ ।

"एन्फाले खेलाएको प्रतियोगितामा नेपालको लक्ष्य भनेको च्याम्पियन हुने नै हो । यसअघिका दुई संस्करणको उपाधि जितिसकेका छौँ । नेपालमै भएको एक संस्करणमा भने समूह चरणबाटै बाहिरियौं । तर, पनि जतिसुकै नयाँ खेलाडी र नयाँ टिम रहे पनि नेपालको लक्ष्य भनेको उपाधि नै हो,” पत्रकार सम्मेलनमा एन्फा प्रतिनिधिका रूपमा उपस्थित रहेका सञ्जिव मिश्रले भने । उनी एन्फाका लिग निर्देशकसमेत हुन् ।

प्रतियोगिता आगामी असोज ४ देखि १३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका छ ।

प्रतियोगिताका लागि एन्फाले टिकेटिङ अधिकार, यातायात र होटेललगायत अन्य आवश्यक सुविधाका लागि सूचना जारी गरिसकेको एन्फाका प्रवक्ता सुरेश शाहले जनाए । प्रतियोगितामा सहभागी हुने टिमले नेपाली आर्मीको भद्रकालीस्थित खेल मैदान र च्यासलस्थित एन्फाकै मैदानमा प्रशिक्षण गर्न पाउनेछन् ।

प्रतियोगिताका आयोजनाका लागि दुई करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च हुने एन्फाले जनाएको छ । प्रतियोगिताका लागि हाल ३५ सदस्यीय नेपाली टिम प्रारम्भिक बन्द प्रशिक्षणमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro