site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदीप गिरि मार्क्सवादी हुनुहुन्थ्यो : घनश्याम भुसाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरि मार्क्सवादी रहेको बताएका छन् । सोमबार गिरिको प्रथम स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफ्नो जीवनकालमा गिरि मार्क्सवादी रहेको र उनले संसारका सारा समस्याको समाधान मार्क्सवादमा देखेको भुसालको भनाइ छ । मार्क्सवादका विषयमा जान्ने एसियाका केही मानिसभित्रमा गिरि पर्ने उनले उल्लेख गरे ।

गिरिको प्रजातान्त्रिक समाजवाद, मार्क्सवाद र स्वतन्त्रताको व्याख्यामा श्रमजीविकाप्रति निःसर्त प्रतिबद्धताबाहेक अरू केही नरहेको उनले बताए । गिरिको जीवनमा बोल्ने र गर्ने कुराको तादाम्य पनि मिलेको उनको बुझाइ छ ।

“हाम्रो पार्टीमा मसँग सोधियो, कांग्रेसलाई ल्याएर मार्क्स पढाउने ? भन्ने खालको कुरा भयो । मैले भनेको थिएँ, मैले सोचेरै भनेको, अहिले पनि त्यो उत्तरका प्रति मलाई कुनै पश्चाताप छैन । मैले के भनेको थिएँ भने– मार्क्सको बारेमा जान्ने एसियामा प्रदीपजत्तिको कतिजना मान्छे छन् ? सोचौँ । मैले हाम्रो नेतालाई उत्तर दिएको थिएँ । एसियामा कतिजना मान्छे छन् ? औँलामा गन्न सक्ने मान्छे होलान् भनेको थिएँ । म आफूले त्यसरी बुझ्थेँ । उहाँ कति मार्क्सवादी हुनुहुन्थेन भनेर कसैले भन्छ भने त्यो एउटा कुरा हुनसक्छ । नत्र भनेदेखि उहाँले कबुल गरेको कुरा हो कि उहाँ मार्क्सवादी हुनुहुन्थ्यो,” उनले भने, “उहाँले आजसम्मका जिन्दगीका, संसारका सारा समस्याको समाधान मार्क्समा देख्नुहुन्थ्यो । र, स्वयं मार्क्समा पनि केही समस्याहरू देख्नुहुन्थ्यो । त्यसको खोजीका लागि भौँतारिइरहनुभएको थियो । मैले बुझेको प्रदीप गिरि यही हो । यो कुरा उहाँले नै बोलेको कुरा हो । कैयौँ मार्क्सवादीहरूले मार्क्सको खोल मात्रै ओढेर गैरमार्क्सवादी भइरहेको बेलामा, अर्कै बाटो लिइराखेको यो युगमा प्रदीप गिरि त्यो अविभाजित व्यक्तित्वको मान्छे हो, जसको भन्ने र गर्ने कुरा सामान्यतया त्यति नजिक । बोल्ने र गर्ने एउटै गर्नु भनेको जिन्दगीको असाधारण उपलब्धि हो जस्तो लाग्छ । मैले देख्दा प्रदीप गिरि त्यो अविभाजित व्यक्तित्वको मान्छे हुनुुहुन्थ्यो । उहाँको प्रजातान्त्रिक समाजवाद, मार्क्सवाद, स्वतन्त्रता यो सारा कुराको व्याख्या श्रमजीविकाप्रति निःसर्त प्रतिबद्धताबाहेक केही पनि थिएन भन्ने म असाध्यै प्रस्ट छु ।”

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro