अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर छ ।
यही भदौ १ गतेदेखि छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा करोबार हुँदै आएको छ । चाँदी पनि भदौ १ यता प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्