site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातै प्रदेशमा बिहानैदेखि वर्षा, यी हुन् आज धेरै भारी वर्षा हुने भू–भाग
फाइल तस्बिर

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । कोसी र वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी र धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले यी क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागले जनाएको छ । वर्षा र बाढीका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन भनेको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर र मध्य प्रदेश तथा आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro