site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मारवाडी समुदायप्रति द्वेष फैलाउनेलाई कारबाही गर्न उद्योग संगठनको माग

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा संलग्न मारवाडी समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा दिइएको अभिव्यक्ति रोक्न सरकारले चासो दिनुपर्ने माग गरेको छ ।

संगठनका अध्यक्ष राकेश सुरानाले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी सदिऔँदेखि मुलुकको आर्थिक एवं सामाजिक विकासमा अतुलनीय योगदान गर्दै आएका मारवाडी समुदायलाई लक्षित गरिएको अभिव्यक्तिले दुखित बनाएको बताए ।

"मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस बनाएको भन्ने जस्ता गैर जिम्मेवारपूर्ण र समाजमा द्वेष फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउनेगरी सञ्चार माध्यममार्फत लगातार कोही व्यक्तिले अभिव्यक्ति दिइरहँदा समेत राज्यले यस्तो क्रियाकलाप रोक्न कुनैपहल नगर्नु अत्यन्त दुःखद र खेद्जनक रहेको" विज्ञप्तिमार्फत जनाएका छन् ।

नेपालको संविधान २०७२ ले नागरिकलाई स्वतन्त्ररूपमा बाँच्ने तथा उद्योग व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको, समानरूपमा व्यवहार गरेको भएतापनि पछिल्ला दिनहरूमा मूलुकको बिग्रदो आर्थिक अवस्थालाई लिएर निश्चित वर्ग र समुदायलाई लक्षित गरी अपमानजनक र अमर्यादित टिकाटिप्पणीप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

मुलुकको अर्थतन्त्र अत्यन्तै गम्भीर अवस्थामा रहेको पछिल्लो समयमा राज्यका सबै निकाय, राजनीतिक दल, निजी क्षेत्र तथा आम सर्वसाधारण सबैजना आर्थिक अवस्था सूधारका लागि एक ढिक्का भई लाग्नुपर्नेमा कुनै समुदाय विशेषलाई लक्षित गरी दोषारोपण भएको अध्यक्ष सुरानाको भनाइ छ । यसले औद्योगिक व्यवसायिक वातावरण मात्र होइन सामाजिक सद्भावमा समेत गम्भीर खलल पुग्ने उनको भनाइ छ ।

"गलत कार्य गर्ने जो कोही, जुनसुकै समुदाय वा वर्गको भएता पनि दण्डित हुनुपर्दछ तर कोही कसैले गलत गर्‍यो भनेर अनुमान गरेको भरमा पुरै समुदायलाई लक्षित गरी भइरहेको गलत अभिव्यक्ति र द्वेषभाव फैलाउने कार्यलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याई निरुत्साहित गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro