site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० वर्षदेखिको बेरुजु फछर्यौट हुन बाँकी : महालेखा परीक्षकको कार्यालय

काठमाडौं । नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फछर्यौट हुन बाँकी रहेको खुलासा भएको छ ।

कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम सुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फछर्यौट बाँकी रहेको बताएका हुन् ।

आइतबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फछर्यौट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि स्मरण गराए ।

महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै उनले त्यो वर्षाैंदेखिको रहेको समेत बताए । कार्यवहाक महालेखा परीक्षक काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको पनि बताए ।

उनले भने, "जिम्मेवारहरूले आफ्नो जिम्मेवारी पूरा नगरेका कारण देशको अवस्था भयावह छ । देशको बजेट १५/१६ खर्ब हुन्छ । नौ खर्ब त बेरुजु नै छ । कारबाही गरेर टुंगो लगाउनुपर्ने बेरुजु नौ खर्ब छ । झण्डै ६०/७० पर्सेन्ट बेरुजु छ । र, त्यो बेरुजुमा हेर्‍यो भने २० सालदेखिको बेरुजु पनि बाँकी नै छ । महालेखा परीक्षकले पहिलो वर्ष २०२० सालमा हो प्रतिवेदन पेस गरेको हो । त्यही बेलादेखिको बेरुजु अहिलेसम्म फछर्यौट भएको छैन ।"

कार्यवहाक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताए । देशभरका कार्यालयहरूको अर्डिट गर्नका लागि करिब ४०० जति मात्रै जनशक्ति रहेकाले आफूहरूले रिस्क बेसिस अर्डिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro