site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विश्वासको मत माग्दै कोसीका मुख्यमन्त्रीले विपक्षीलाई पठाए पत्र

विराटनगर । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रमुख विपक्षी र विपक्षी दललाई पत्राचार गरेका छन् ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदैछन् । थापाले प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आइतबार पत्र पठाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

Dabur Nepal
NIC Asia

थापा गठबन्धन दलका ४७ सांसदको समर्थनमा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले भदौ १४ गते अगावै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले विश्वासको मत दिन अनुरोध गर्दै पत्र पठाएको जानकारी दिएका छन् ।

अघिल्लो एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले पनि विश्वासको मत लिनु अगाडि अन्य दललाई पत्राचार गरेका थिए । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

गठबन्धनमा रहेका कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी चार र जसपा एक सांसद छन्

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro