site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा ‘जलन कोष’ स्थापना
Tiktok banner adTiktok banner ad

काठमाडौं । जलनका विपन्न बिरामीलाई लक्षित गरी जलन कोष स्थापना गरिएको छ ।

जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कोषको स्थापना गरिएको हो ।

कोषमा जम्मा भएको रकमबाट सामाजिक सेवा इकाइमार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गरिनेछ ।

जलनको महंगो उपचार र नेपालमा यसको मृत्युदरलाई ध्यानमा राख्दै कोष स्थापना गरिएको अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले बताए ।

कोषको संरक्षकमा सांसद भण्डारी तथा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहेका छन् ।

कोषमा ‘बर्न फन्ड फेक्ट नेपाल’को नाममा रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१११०५३२७५९१०२१ मा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट रकम जम्मा गर्न सकिनेछ ।

कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक ६०० भन्दा बढी जलनका बिरामीको उपचार हुने गरेको छ । सन् २०२३ को साढे सात महिनामा ७९ जना बिरामीको मृत्यु भइसकेको अस्पतालको तथ्यांक छ ।

जलनको उपचारमा दुई तिहाइ खर्च औषधि र उपचारका लागि चाहिने सामग्रीमा नै खर्च हुने भएकाले न्यूनआय भएका परिवारलाई अत्यन्तै कठिन हुने गरेको डा. नकर्मी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro