काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ जेको यो वर्षको पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ । काठमाडौंको धुम्बाराहीस्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा बैठक बसेको थियो ।
एकदिवसीय कार्यक्रममा गण्डकी र वाग्मती प्रदेश क्षेत्रका गरी ५०० भन्दा बढी लायन्स सदस्यको उपस्थिति थियो । कार्यक्रममा २३ नयाँ क्लबको उद्घाटन, पदाधिकारीको पदस्थापन र उत्कृष्ट कार्यसम्पादन गर्ने लायन्स सदस्यलाई सम्मान गरिएको थियो ।
यस्तै, डिस्ट्रिकको वर्तमान तथा भविष्यको कार्ययोजनालगायत विविध विषय प्रस्तुत गरिएको थियो । डिस्ट्रिकको आर्थिक गतिविधिसम्बन्धी विवरण समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अन्तर्रास्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पीआईडी लायन सञ्जय खेतानलगायत व्यक्तिले आफ्नो धारणा व्यक्त गरेका थिए ।