site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अन्तर्राष्ट्रिय शक्तिले मुलुकलाई क्रीडास्थल बनाउन खोज्दै छ’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले सरकारले सुशासनका पक्षमा गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र वाग्मती प्रदेश सम्पर्क समन्वय समितिको बैठकमा शनिबार उनले वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासनसहितको समृद्धिको लक्ष्य लिएको उल्लेख गरे । सरकारको लक्ष्यलाई सफल बनाउन सबैले साथ दिनुपर्नेमा उनले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्तिलाई अन्त्य नगरेसम्म मुलुक आर्थिक विकासको बाटोमा अघि बढ्न नसक्ने उनले बताए ।

अन्तर्राष्ट्रिय शक्तिले मुलुकलाई क्रीडास्थल बनाउन खोजिरहेको भन्दै नेता पोखरेलले राष्ट्रियताको जगेर्ना गर्नु अहिलेको कार्यभार रहेको पनि बताए ।

Global Ime bank

संगठनलाई बलियो बनाउन सके मात्र पार्टी बलियो हुने भएकाले नेता तथा कार्यकर्ताले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement