site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणास्पद : घनश्याम भुसाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले नेपालका कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति आफूलाई घृणास्पद लाग्ने गरेको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले कहिले तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने र कहिलेकाहीँ हत्यारा र आतंककारी भनेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको उनले उल्लेख गरे ।

उनले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिनाथमा सुनको जलहरी चढाउने काम गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

“अहिले इतिहासको कुरा गर्दाखेरि, हुन त यो राजनीतिक कुरा हुन्छ, यो विरोधको कुरा पनि सुन्न सकिएला । आज फर्केर हेर्दाखेरिचाहिँ खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरू कतिपय साथीहरूले पनि इतिहासको बारेमा जसरी बोल्छन्, स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन्, हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरि इतिहासलाई अझै धेरै अगाडि लैजान्छौँ भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरि जतिखेर मिलिन्छ, त्यतिखेरचाहिँ यो महान ्कुरा थियो भन्ने,” उनले भने, “जतिखेर मिलिँदैन, त्यतिखेरचाहिँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु मचाहिँ । यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदाखेरि मलाई एकदम उखुम हुन्छ, मलाई पनि । अनि, त्यस्तो थियो, त्यसरी आएको हो, शिला टिपेको हो आदि, इत्यादि ।”

नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार गरेको उनले बताए । त्यसलाई टुट्न नदिन फेरि नयाँ संकल्पसहितको क्रान्ति आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्