site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आज यी जिल्लाका नदीमा बाढीको सम्भावना, लुम्बिनी र सुदूरमा आकस्मिक बाढीको जोखिम
फाइल तस्बिर।

काठमाडौं । आज इलाम, झापा, उदयपुर, सिन्धुलीसहितका केही जिल्लाका साना नदीहरुमा बाढीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज यी जिल्लामा बाढीको सम्भावना रहेको छ ।

यस्तै, मकवानपुर, कास्की, लमजुङ, पर्वत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बझाङ, दार्चुला र आसपास भएर बहने नदीहरुमा पनि बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आज र भोलि देशका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

पर्सि (सोमबार)देखि कर्णाली, महाकाली, बबई, राप्ती, कन्काई र नारायणी नदीका केही सहायक नदीहरुको जलसतह उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ ।

पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भएर बहने केही स–साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेका छ ।

May be an image of ticket stub and text

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro