site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशासनको ढड्डामा अभिलेख नराखी चिनियाँलाई नेपाली नागरिकता

काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ ।

यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँ छन् । प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको देखिएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काभ्रेको अभिलेखिकरण राखिने ढड्डामा भने उनीहरूको नागरिकता लिएकोबारे कुनै अभिलेख भेटिएको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले भन्यो, "प्रारम्भिक अनुसन्धानमा दावासहित केहीको नागरिकताबारे बुझ्दा ढड्डामा केही अभिलेख भेटिएको छैन भन्ने जवाफ आएको छ । हामी थप अनुसन्धान गर्दैछौँ ।"

प्रहरीका अनुसार उनीहरूलाई सेटिङमा नागरिकता दिएको अनुमान गरिएको छ ।

उनीहरूलाई सीआईबीले पक्राउ गरेको हो । सुन प्रकरणबारे सीआईबीले हालसम्म २३ जनलाई पक्राउ गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro