site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाह्रखरी मिडियाको विशेष सम्पादकमा हरिबहादुर थापा 

काठमाडौं । बाह्रखरी मिडियाको विशेष सम्पादकमा हरिबहादुर थापा नियुक्त भएका छन् । बाह्रखरी मिडियाले शुक्रबार थापालाई विशेष सम्पादकमा नियुक्त गरेको हो । मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले थापालाई स्वागत गरेका थिए ।

थापा पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर हुन् । थापाका भ्रष्टाचारको शल्यक्रिया, ‘एनाटमी अफ करप्सन’ विदेशी सहायताका विसंगति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र, दलीय द्वन्द्व, रजगजलगायतका पुस्तक प्रकाशित छन् ।

haridai1692340697.jpg

त्यसैगरी थापाले ‘मेरा नौ दशक’ पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथाको सम्पादन पनि गरेका छन् ।

थापा यसअघि इकागज डट कमको प्रधान सम्पादक थिए भने त्यसअघि साढे दुई दशक कान्तिपुर दैनिकमा आवद्ध हुँदै सम्पादकको जिम्मेवारी सम्हालेका थिए । अन्नपूर्ण पोस्टमा पनि प्रधान सम्पादकको भूमिका निर्वाह गरेका थापाले बाह्रखरीलाई थप उचाईमा पुर्‍याउन आफ्नो योगदान रहने बताए ।

“मेरो पत्रकारिताको लामो अनुभव बाह्रखरीलाई थप उचाईमा पुर्‍याउन केन्द्रित हुनेछ,” थापाले पदभार सम्हाल्दै भने । 

थापासँगै बाह्रखरी मिडियामा शुक्रबारदेखि नै थप तीन जना वरिष्ठ पत्रकार तथा कर्मचारी पनि थप भएका छन् । 

surendrap1692340702.jpg

बाह्रखरी मिडियाको सहायक समाचार सम्पादकमा सुरेन्द्र पौडेल र वरिष्ठ संवाददातामा कृष्ण सिंह लोथ्याल नियुक्त भएका छन् ।

krishnaloth1692340699.jpg

पौडेल यसअघि नागरिक दैनिक, बाह्रखरी मिडिया, देखापढीलगायतका मिडियामा आवद्ध थिए भने लोथ्याल शीलापत्र डट कममा आवद्ध थिए । 

newsteam1692342050.jpg

त्यसैगरी व्यवस्थापनतर्फ सन्तोष शर्मालाई प्रबन्धक (म्यानेजर) पदमा नियुक्त गरिएको छ । शर्मा यसअघि कान्तिपुर मिडियामा आवद्ध थिए ।

sharmajee1692340700.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro