site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुत्केरीको मृत्युपछि कोसी अस्पतालमा तनाव

विराटनगर । मोरङको विराटनगरस्थित कोसी अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । आठ दिनकी सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसरमा बिहीबार रातभर तनाव भयो । आफन्तले अस्पताल परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

सो अस्पतालको आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको हो । परिवारका अनुसार सामान्य प्रसूतिमार्फत उनले गएको साउन २४ गते रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।

त्यसको दुई दिनपछि घर पठाइएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि साउन २८ गते कोसी अस्पतालमा ल्याइएको परिवारले जनाएको छ ।

उपचारमा हेलचेक्र्याइँ गरिएको भन्दै परिवार र आफन्तले राति अस्पताल परिसरमा प्रदर्शन र नाराबाजी गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठले भने, “घटनाबारे अस्पताल प्रशासन र मृतकका परिवारले आज शुक्रबार छलफल गर्ने सहमति भएको छ ।” 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro