site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभाको बैठक बस्दै
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यही भदौ १० गतेभित्र तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रदेशसभाबाट पारित गराउनुपर्ने बाध्यता छ । तर, वर्तमान प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ ।

यस्तै, मुख्यमन्त्री उद्धव थापाले भदौ १४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।

गएको असार १५ गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यस दिन तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो । तर, सरकारले विश्वासको मत पाएको थिएन ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro