site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी (एमसीसी) परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ ।

मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहणको प्रक्रिया थालेको हो ।

Argakhachi Cement Island Ad

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गरिने जनाएको छ ।

सूचना प्रकाशित भएको २१ दिनभित्र सरोकारवालाहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ ।

2023-08-17-11-33-05-gopa-bhadau-1-111692328084.jpg

2023-08-17-11-33-05-gopa-bhadau-1-121692328083.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्