site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘लम्पी स्किन’ प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लम्पी स्किन रोगबाट मृत्यु भएका पशु चौपायाको क्षतिपूर्ति स्वरुप उपलब्ध गराइने राहत तत्काल कृषकलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले कृषकको क्षतिअनुसार प्राथमिकताका आधारमा तत्काल कार्यविधि तथा मापदण्ड स्वीकृत गरी राहत उपलव्ध गराउन र यसका लागि आवश्यक बजेट उपलब्ध गरउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

Dabur Nepal
NIC Asia

बैठकले लम्पी स्किन रोगको दीर्घकालीन रुपमा पूर्ण नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने भ्याक्सिन स्वदेशमा नै उत्पादन गरी सबै किसानलाई सर्वसुलभ र सुपथ मूल्यमा प्राप्त गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले लम्पी स्किनजस्ता संक्रामक रोगबाट सिर्जना हुने संकटको अवस्थामा तीन तहको सरकारबीच समन्वय गर्नका लागि अधिकार प्राप्त समन्वयकारी निकायको गठन गरी कार्यसम्पादन गर्न पनि सकारलाई निर्देशन दिएको छ ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषालले लम्पी स्किन रोगबाट १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएको जानकारी दिए । १० लाख ८२ हजार १५९ पशु उपचारपश्चात् निको भएको र ४७ हजार ६४९ वटा पशु रोगका कारण मृत्यु भएको उनले बताए ।

सचेतना बढाउने कामका साथै उपचारको व्यवस्था गरेका कारण संक्रमण क्रमशः कम हुँदै गएको उनले दाबी गरे । विभिन्न मुलुकबाट हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात गरेको र ६ लाख ८६ हजार ४५० पशुलाई खोप लगाइसकेको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले नेपालमा लम्पी स्किन रोगको महामारी फैलिनुको कारणबारे अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । समिति बैठकले लम्पी स्किनलगायतका सरुवा रोग लागेका पशुहरुको मासु, दूध खान नहुने विषयमा जनमानसमा सुसूचीत गराई मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न नदिन मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro