site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यातना र कुटपिटबाट कैदीको मृत्यु भएको मानवअधिकारवादी संस्थाको निस्कर्ष
तस्बिर क्याप्सन : घटनाको अध्ययन निस्कषबारे जानकारी दिन विराटनगरमा गरिएको पत्रकार सम्मेलनका सहभागी ।
SkywellSkywell

विराटनगर । संखुवासभा जिल्ला कारागारमा दुई कैदीलाई यातना र कुटपिट गर्दा हत्या भएको मानवअधिकावादी संस्थाले निस्कर्ष निकालेका छन् ।

कारागारमा गरिएको स्थलगत अध्ययनको निस्कर्ष सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएपछि मात्र अस्पताल लगिएको अधिकारवादी संस्थाले जानकारी दिएका छन् ।

Dabur Nepal
NIC Asia

गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा दुई कैदीको मृत्यु भएको थियो । घटनामा परी नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो । घटनामा संलग्न प्रहरीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धानसमेत सुरु गरिएको छ ।

स्थलगत अध्ययन गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोसी प्रदेश संयोजक सोमराज थापाले भने, “कैदीलाई कुटपिट र यातना दिएर हत्या गरिएको हाम्रो निस्कर्ष छ ।”

थापाका अनुसार दुवैजनालाई अत्यन्तै पाशविक ढंगले कुटपिट र यातना दिने काम भएको पाइएको छ । कारागारबाट भाग्न खोजेको अवस्थामा अन्य कैदी र प्रहरीसमेत मिलेर कुटपिट गरेको देखिएको इन्सेक संयोजक थापाले सुनाए ।

राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले संखुवासभा कारागार प्रकरणमा राज्यका निकायको गम्भीर लापरबाही देखिएको बताउँदै भने, “कारागारभित्रै राज्यका निकायका प्रतिनिधि समेत लागेर ज्यान लिने कार्य निन्दनीय र गम्भीर छ । यसबारे पूर्ण प्रतिवेदन छिट्टै सार्वजनिक गर्नेछौँ ।”

घटनामा पीडित भएकाको परिवारले कारागारका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध किटानी जाहेरी दिएका छन् । निमित्त जेलर राजेन्द्र घिमिरे भने फरार रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu