site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्कलाई मन नपर्ने साइटको लिंक ट्विटरबाट खुल्न पाँच सेकेन्ड थप लाग्ने

काठमाडौं । एक्स अथवा पूरानो ट्विटरले विभिन्न वेबसाइट खुल्ने समयमा पाँच सेकेण्डको ढिलाइ गर्ने भएको छ ।

एक्सले न्यूर्योक टाइम्स, रोयटर्स, इन्स्टाग्राम र अर्को ब्लुस्कीको वेबसाइट लिंक पाँच सेकेण्ड ढिलो खुल्ने बनाएको वाशिंगटन पोस्टले रिपोर्ट गरेको छ ।

लिंक खुल्न ढिला हुने साइटहरू एक्सका प्रतिस्पर्धी र यसका प्रमुख एलन मस्कको विपक्षमा टिप्पणी गर्ने सञ्चार माध्यमका वेबसाइट रहेका छन् ।

मस्कले आफ्ना आलोचक मिडियाहरूविरुद्ध कडा कदम चाल्दै आएका छन् । गत अप्रिलमा ट्विटरले बीबीसी र एनपीआरलाई राज्य सञ्चालित मिडिया भनेर लेबल लगाएको थियो ।

तर, यो निर्णयले चर्को विरोध खेपेपछि ट्विटरले पछि परिवर्तन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro