site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्को अवरोध हटाउन देउवाले ओलीसँग गम्भीर संवाद गर्नुपर्छ : शशांक कोइराला
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले सदनको जारी गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । यसका लागि सदनको पहिलो दल कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

बुधबार बाह्रखरीसँग कुराकानी गर्दै कोइरालाले सदनको गतिरोध अन्त्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग गम्भीर संवाद गर्नुपर्नेमा जोड दिए । 

“सदन एमालेले बन्धक बनाएको हो । यो खुलाउन हामीबाट सम्भव छैन । तर, सदनको गतिरोध अन्त्य गर्न सभातिज्यूले नेतृत्व लिनुपर्छ । किनभने कांग्रेस सदनको लार्जेस्ट (सबैधन्दा ठुलो) पार्टी हो,” कोइरालाले बाह्रखरीसँग भने, “यसका लागि सभातिज्यूले ओलीजीसँग संवाद गर्नुपर्छ । गम्भीर संवाद गरेर निकास दिनुपर्छ ।”

उनले जनजीविकाको सवालमा बहस गर्ने बेला सदन चल्न नसक्नु दु:खद भएको बताए । साथै, सात महिनाको अवधिमा सदनले एउटा मात्र विधेयक पास गर्नु लाजमर्दो भएको टिप्पणी गरे ।

“सात महिना बितिसक्दा एउटा मात्र कानुन पास गर्नु लाजमर्दो कुरा हो,” उनले भने । 

कोइरालाले सदन प्रभावकारी बन्न नसक्दा व्यवस्था विरोधीहरू सलबलाएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro