site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढी प्रतिफल दिन लाग्दा लघुवित्तमा समस्या निम्तियो : कार्यकारी निर्देशक नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त वित्तीय संस्थाले गरिबको नाममा लिएको पैसाले सेयरधनीलाई बढी प्रतिफल दिन लाग्दा समस्या आएको बताएका छन् ।

बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बढी नाफा कमाउन खोज्दा लघुवित्तले केही उत्तरदायित्व भुलेको बताए ।

“लघुवित्तलाई सेयर बजारमा सुनको अन्डा दिने कम्पनीको रूपमा चिनाइयो । यो गलत हो । सेयर खेलाडीहरूको हाबी पनि भयो,” उनले भने, “सेयरधनीलाई बढी प्रतिफल दिन लाग्दा लोन बढाउने र उठाउने काम मात्र भयो । यो गलत हो । ऐनका कारण राष्ट्र बैंक टुलुटुलु हेरेर बस्न बाध्य भयो ।”

‘भेस्टेड इन्ट्रेस्ट’ भएकाहरूले चाहँदैमा ऐन संशोधन हुने गरेकोले पनि समस्या निम्तिएको उनले बताए । कोभिडपछि लघुवित्तका प्रतिनिधि जनमानसमा जान नसक्दा समस्या सुरू भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro